८ कार्तिक २०८३, आइतबार

एमाले नेता महेश बस्नेतद्वारा जेलरलाई लत्ताकपडा, खाद्यान्न र स्वास्थ्य सामग्री वितरण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले कारागारमा रहेका कैदैबन्दीका लागि लत्ताकपडा, खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

उनले आफ्नो जन्मदिनको अवसरमा हिजो मंगलबार काठमाडौंको जगन्नाथदेवलस्थित कारागार कार्यालयका ४०० जनाका लागि लत्ताकपडा, खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका हुन् । बस्नेतले कारागारको महिला सुधार गृहमा रहेका ३६८ जना महिला, १२ जना बालबालिका र २० जना विदेशी नागरिक गरी कुल ४०० जना कैदीबन्दीहरुलाई लत्ता कपडा, स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेका हुन् ।

नेता बस्नेतले जुत्ता, सेनेटरी प्याड, मास्क, स्यानिटाइजर, सेम्पु, सावुन, चाउचाउलगायत सामग्रीहरू हस्तान्तरण गरिएको जानकाी दिएका छन् ।

पोखरामा हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको सचिवालय बैठकपछि कोरोना संक्रमित भएका बस्नेत संक्रमणमुक्त भइसकेका छन् ।