८ कार्तिक २०८३, आइतबार

राष्ट्रिय वाणिज्य बैंकका १४ वटा शाखा बन्द

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकका २७३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको तेस्रो लहर शुरू भएयता उक्त संख्यामा कर्मचारी संक्रमित भएपछि विभिन्न १४ वटा शाखा कार्यालय बन्द गरिएको जानकारी बैंकले दिएको छ ।

बैंकको ५७औं वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कोरोना भाइरसको तेस्रो लहर आउनुअगाडि नै विभिन्न शाखामा कार्यरत ५७५ जना कर्मचारी संक्रमित भएको तथा संक्रमितमध्ये तीन जनाले ज्यान गुमाएको जानकारी पनि दिएका छन् ।

सीईओ श्रेष्ठले तेस्रो लहरमा संक्रमित हुने कर्मचारीहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने पहिलो र दोस्रो लहरबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।