८ कार्तिक २०८३, आइतबार

निर्वाचनबाट भाग्दै सत्तारुढ गठबन्धन, वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने निर्णय

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ माघ । सत्तारुढ ५ दलीय गठबन्धन निर्वाचनलाई टार्न खोजिरहेको छ । यसैबीच गठबन्धनले २०७९ साल वैशाख गर्नुपर्ने स्थानीय तहको निर्वाचन असोजपछि मात्रै गर्ने निर्णय गरेको छ ।

आइतबार बालुावटारमा बसेको गठबन्धनको बैठकले कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।

गठबन्धन दलमै निर्वाचनका विषयमा सहमति नभएपछि निर्वाचन अन्योल बन्दै गरेको विश्लेषकहरु बताउँछन् । संविधानविदहरुसँग सरकारले गरेको छलफलमा विज्ञहरुले स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्नुपर्ने कानुनी आवश्यकता औँल्याएका थिए ।