८ कार्तिक २०८३, आइतबार

आजदेखि जोरबिजोर प्रणालीलाई थप कडा पार्ने प्रहरीको तयारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । सरकारले हिजो शनिबारदेखि लागू गरेको जोरबिजोर प्रणालीलाई आज आइतबारदेखि थप कडा पार्ने तयारी गृह मन्त्रालयले गरेको छ ।

कोरोना भाइरसको तेस्रो लहर बढ्दै गएपछि सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर प्रणालीलाई आज दोस्रो दिनदेखि थप कडा पार्ने तयारी प्रहरीले गरेको हो ।

जोरबिजोर प्रणाली कार्यान्वयनका लागि प्रहरीले उपत्यकाभित्र ठाउँठाउँमा चेक प्वाइन्ट बनाएको छ । काठमाडौंमा मात्रै यस्ता २६ भन्दा धेरै प्वाइन्ट बनाएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा बनाइएको चेक प्वाइन्टमा शनिबार छिटफुटबाहेक कुनै पनि यातायातका साधनलाई नियन्त्रणमा लिइएन । पहिलो दिन भएकाले सम्झाएर पठाएको, तर आइतबारदेखि कडाइ गर्ने प्रहरीको भनाइ छ ।