
सर्लाही, ८ माघ । सर्लाहीमा मोटरसाईकल दुर्घटना हुँदा नेकपा (माओवादी केन्द्र) का एक युवा नेताको मृत्यु भएको छ ।
सर्लाहीको पूर्वपश्चिम राजमार्गस्थित बागमती पुलमा शुक्रबार राती भएको मोटरसाइकल दुर्घटनामा परी माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्यूनिष्ट लिग (वाइसिएल) का ३३ वर्षीय नेता सुनील बमजनको मृत्यु भएको हो ।
हरिवन नगरपालिका ५ बस्ने बस्ने बम्जनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुनील सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनका उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।












प्रतिक्रिया