८ कार्तिक २०८३, आइतबार

सर्वदलीय बैठकबारे एमालेले भन्यो– प्रमको सचिवालयबाट पार्टीलाई कुनै सूचना आएको छैन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

तर बैठक बस्ने समय शुरू हुनैलाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठकबारे प्रधानमन्त्रीको सचिवालयबाट कुनै जानकारी नै नआएको बताएकोे छ । सर्वदलीय बैठकमा एमालेको सहभागिताबारे धेरैको चासो बढिरहेका बेला एमालेले यस्तो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत सर्वदलीय बैठकमा नबोलाइएको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीज्यूले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समाचार संचार माध्यममा देखियो, सुनियो,’ उनले भनेका छन्, ‘एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयो । बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नभएको जानकारी गराउँदछु ।’

बैठकका लागि प्रधानमन्त्रीले औपचारिक सूचना दिनुपर्ने भए पनि त्यो नदिएकाले आजको बैठकमा पनि एमालेको सहभागिता नरहने उनले स्पष्ट पारेका छन् ।