
काठमाडौँ, ७ माघ । स्थानीय तहको निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन लगत्तै बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले यस्तो निर्णय गरेको हो ।
बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जनाएका छन् ।
उनले भने, ’निर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ ।’












प्रतिक्रिया