
काठमाडौं, ७ माघ । नयाँ नेपाली चलचित्र ‘गेम’ का गीतहरू रेकर्डिङ शुरू भएको छ ।
काठमाडौंको संगम स्टुडियोमा ती गीतहरूको रेकर्डिङ शुरू भएको चलचित्र निर्माण टीमले जानकारी दिएको छ । राई इज किङ्गले प्रख्यात राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त चलचित्रका गीतहरू रेकर्डिङ भइरहेका छन् ।
निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरीको संगीत संयोजक रहेको छ ।
काठमाडौं तथा सिक्किममा छायांकनका लागि स्पट खोजिएको चलचित्र गेमको प्रमुख भूमिकाका लागि नायक दयाहांग राईसँग अनौपचारिक छलफल भइरहेको निर्माण यूनिटले जनाएको छ ।
नरेन गुरुङ तथा कृष्ण कुमारको लगानी चलचित्र गेममा रहेको छ ।
















प्रतिक्रिया