२ कार्तिक २०८३, सोमबार

मनिष प्रसाईको स्वरमा ‘मनै त हो’ सार्वजनिक (भिडियोसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा ‘मनै त हो’ गीतको म्यूजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगीतको सृजना गरी पूर्वतिर निकै चर्चामा रहेका संगीतसाधक प्रसाई लामो समयको अन्तरालपश्चात पुनः आधुनिक गीतका साथ दर्शकमाझ आएका हुन् ।

उनको सृजना तथा आवाजमा रहेका ‘गोलीहरू चल्दा भए लासहरु ढल्दा भए, घोप्टो परेर काँचो रगत शासकहरुले पिउँदा भए’लगायत सृजनाहरु विगतमा निकै चर्चामा थिए ।

नयाँ गीतमा प्रेम र रोमान्सलाई गायक प्रसाईले सुन्दर ढंगबाट व्यक्त गरेका छन । मनिष स्यवम्को शब्द तथा संगीत गीतमा रहेको गीतमा आफ्नी प्रेमीकालाई जीवनमा पाउनका लागि निकै संघर्ष गरेको प्रसङ्ग छ ।

‘मनै त हो’ गीतको भिडियोमा रमेशजंग कुँवरको निर्देशन, मनिष प्रसाईको सम्पादन रहेको छ भने रमेशजंग कुँवर, दिपेन पाण्डे र सविना घिमिरेले भिडियोमा जीवन्त अभिनय गरेका छन् ।