
काठमाडौं, ६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)की अध्यक्ष सुनिता बरालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएर जनतालाई राज्य छ भन्ने अनुभुति दिलाउन सरकारलाई आग्रह गरेकी छिन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे आफ्नो धारणा सार्वजनिक गर्दै बरालले बारम्बारको मूल्यवृद्धिले जनता आक्रान्त भएको बताएकी छिन् ।
‘मूल्यवृद्धि फिर्ता गर, जनता राज्य छ भन्ने अनुभुति दिलाउ,’ उनले आफ्नो धारणा फेसबुकमार्फत सार्वजनिक गर्दै केहीबेरअघि लेखेकी छिन्, ‘सामान्य पनि जवाफदेहिता देखाउन नसक्ने सरकार र त्यसका सारथीहरु जो राजनितिक अपराध गरेर राज्य सञ्चालनको धज्जि उडाइरहेका छन् आउनुस आफ्नु अधिकारको खोजी र राज्यलाई जवाफदेही बनाउन आ–आफ्नु ठाउँबाट जुटौ !’
बरालले जनता हतास मानसिकता र चरम अभावमा छटपटाइरहेको अवस्थामा २४ लाख डोज खोज हराउँदा चुपचाप बसेकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
‘सरकार– महामारी छ खोप हराउँदा किन चुप छौ,’ प्रश्न गर्दै उनले लेखेकी छिन्, ‘देश मिचिरहेको छ किन मुकदर्शक छौ ? बजारमा महंगी आकासियो अनुगमन र नियन्त्रण खोइ ? जनता हतास मानसिकता र चरम अभावमा बाँचिरहेका छन् यसबेला राहत दिने त अपेक्षा बाँकी रहेन पेट्रोलको मूल्य वृद्धि गरेर के बहादुरी देखाउन खोजेको हो ?’















प्रतिक्रिया