१९ कार्तिक २०८३, बिहिबार

सप्तरीमा स्रोत नखुलेको करिब १० लाखसहित पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, ५ माघ । राजबिराज नगरपालिका–५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका–५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।