८ कार्तिक २०८३, आइतबार

स्याङ्जा कांग्रेसको प्रवक्तामा लम्साल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ५ माघ । नेपाली कांग्रेस स्याङ्जाको प्रवक्ताको जिम्मेवारी भरतप्रसाद लम्सालले पाएका छन् ।

स्याङ्जा काँग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले लम्साललाई जिम्मेवारीको पत्र थमाउँदै प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

नेपाली काँग्रेसको विधान–२०१७, (नवौं संशोधन–२०७५)को दफा १२ को उपदफा ५ ख (२) र उपदफा ७ (ङ) द्धारा प्राप्त अधिकार प्रयोग गरी सभापति थापाले महाधिबेशन प्रतिनिधि लम्साललाई जिल्ला सदस्यमा मनोनित गर्दै प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका लम्साल स्याङ्जा काँग्रेसमा बौद्धिक नेताका रुपमा चिनिन्छन् । २०३६ सालबाट बिद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका लम्साल नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष छन् ।

जिल्ला सदरमुकामनिवासी लम्साल जिल्लास्थित विभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध छन् । प्रकाश डोटेलबाट