
काठमाडौं, ५ माघ । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बिहान १० बजे टीयु क्रिकेट मैदानमा हुने छ । दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न तम्सिएका छन् । पुलिस समूह ‘ए’ मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो भने एपीएफले समूह ‘बी’ मा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
पुलिसले सेमिफाइनलमा बागमतीलाई ५० रन र एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा पुगेका हुन् ।
प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्ने छन् ।















प्रतिक्रिया