९ कार्तिक २०८३, सोमबार

वैदेशिक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल जाँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । वैदेशिक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज बुधबार इजरायल उड्दैछन् ।

इजरायल जाने तयारीमा १२५ जना कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि उनीहरूको उडान रद्द भएको र बाँकी ९९ जना आज उड्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ जना कामदारसँग सम्झौता भइसकेको छ । इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको छ, जसमा ७० प्रतिशत महिला छन् । विभागले दोस्रो चरणमा माघ १४ गते थप १६२ जनालाई इजरायल उडाउने तयारी गरेको बताएको छ ।

विभागका अनुसार आगामी माघ १४ र १५ गते कामदार उड्ने तय भएको छ । दोस्रो चरणमा अघिल्लोपटक बाँकी रहेका १८ जनासमेत उड्ने छन् ।