– सुदीप अधिकारी
बर्दिया, ३ बैशाख । समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघका पार्षद तथा नागरिक दैनिकका बर्दिया संवाददाता निर्मल घिमिरेलाई भौतिक आक्रमण गर्ने धम्कि दिने गुलरिया ११ का नारायण गुरुङले सार्वजनिक रुपमा माफी मागेका छन् ।
सामुदायिक बिकास सस्थाका उपाध्यक्ष नारायण गुरुङले अब गल्ती नदोहरिने भन्दै माफी मागेका हुन । चैत ३० गते नागरिकमा प्रकाशित ‘बाढीपीडितसँग रकम असुल’ भन्ने समाचार गलत भएको भन्दै पत्रकार बिरुद्ध नाराबाजी गर्दे हिडेका गुरुङले जिल्ला प्रहरी कार्यालयमा माफी माग्दै रकम लिएको स्वीकार गरेका छन् ।
समाचार लेख्ने पत्रकारलाई भौतिक कारबाही गर्ने भन्दै सार्वजनिकरुपमा अभिव्यक्ति दिएपछि प्रशासनले गुरुङलाई बुधबार नियन्त्रणमा लिएको थियो ।
समाचार प्रकाशित भएपछि दातृसंस्था हेफर नेपालले गरेको अनुगमनमा बाढीपीडितसँग रकम असुल गरेको भेटिएको बताएको छ ।
पत्रकार धम्क्याउने गुरुङ्गले अब देखि त्यस्तो अमानवीय गतिबिधि नगर्ने भन्दै कागज समेत गरेका छन् ।
घटना लगतै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले घोर भत्र्सना गर्दै आएको थियो । गल्ती स्वीकार गरेपछि पहिलो पटकलाई माफी दिएको पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज सर्माले वताए ।















प्रतिक्रिया