
तुलसीपुर, ४ माघ । विभिन्न निर्णय गर्दै अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले खानेपानीको मुख्य पाइलाइन विस्तारपछि शाखा पाइपलाइन विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी बुटनियामा रहेको खानेपानी टंकीको स्तरवृद्धि गर्ने र त्यसका लागि ठाउँको छनौट गर्ने भएको छ ।
बैठकमा हालसम्म खानेपानीले गरेका गतिविधिको समेत समीक्षा गरिएको थियो । बैठक समितिका अध्यक्ष शिवहरि भण्डारीको अध्यक्षतामा बसेको सचिव ओपेन्द्र बस्नेतले जानकारी दिए ।















प्रतिक्रिया