
काठमाडौं, ४ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
गत असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्यकालको अवधिमा भएका कामहरुको विवरण हिजो सोमबार सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
त्यस्तै वैदेशिक रोजगारसम्बन्धी आउने गुनासालाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्यापिड रेस्पोन्स टीम गठन गरिसकिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
त्यस्तै उनले लामो समयदेखि रोकिएको दक्षिण कोरिया र इजरायलमा श्रमिक पठाउने कार्य आफ्नै कार्यकालमा शुरू गरिएको दाबी पनि गरेका छन् । इपीएस नवीकरण प्रक्रिया पनि अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।















प्रतिक्रिया