
खार्तुम, ४ माघ । सुडानमा तीन महिना अघि भएको सैनिक विद्रोहको विरोधमा सोमबार हजारौँ सडकमा उत्रिएका छन् ।
ती प्रदर्शनलाई दबाउन सुरक्षा बलहरूले अश्रु ग्यास प्रहार गरेको एएफपी संवाददाताले बताएका छन् ।
सुडानको झण्डा बोकेका प्रदर्शनकारी राजधानी खार्तुमलगायत अन्य सहरमा भेला भएका थिए भने सुरक्षा अधिकारीहरू पनि ठूलो सङ्ख्यामा खटिएका थिए ।















प्रतिक्रिया