
काठमाडौं, ३ माघ । संगीत सर्जग अनिश दवाडीको शब्द रचनामा रहेको गीत ‘गलबन्दी पछ्यौरी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
चर्चित मोडल तथा गायिका सम्झना भण्डारी र नारायण श्रेष्ठको स्वरमा रहेको गीतको संगीत नारायण श्रेष्ठले नै गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा नारायण श्रेष्ठ र रुविना अधिकारीलाई फिचर्ड गरिएको छ । एडी इन्टरटेन्टमेन्टको अडियो तथा भिडियो संयोजनमा तयार भएको गीतमा प्रकाश खड्काले सिनेम्याटोग्राफी गरेका छन् ।
कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेको यो गीतको म्यूजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
‘गलबन्दी पछ्यौरी’ गीतको मिडिया पार्टनरशीप दैनिक नेपाल डटकमले गरेको छ भने बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालले स्पोन्सर गरेको छ ।
https://youtu.be/sjujESKXaaY















प्रतिक्रिया