८ कार्तिक २०८३, आइतबार

राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा समर्पित रहन महानिरीक्षक खनालको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुखको जिम्मेवारी पाई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई समसामयिक निर्देशन दिएका छन् ।

त्यस अवसरमा उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवारीका क्षेत्रहरुलगायत कोभिड–१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहि आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

खनालले फिल्ड लेवलका कमाण्डरहरुको व्यावसायिक र उत्कृष्ट कार्यसम्पादन तथा नेतृत्वबाट संगठनिक विकासमा योगदान पुग्नुकोसाथै फौजी संस्कार निर्माण तथा उच्चस्तरको सेवा प्रवाहमा समेत सघाउ पुग्ने बताएका छन् । कमाण्डर तहका अधिकृतहरु निरन्तर अध्ययन, सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै भावी योजना बनाई सामुहिक भावनाकासाथ फौजी अनुशासन र चेन अफ कमाण्डमा रहेर आफू मातहतका कर्मचारीहरुलाई समेत प्रशिक्षण गर्नुका साथै उनीहरुलाई उत्प्रेरित तथा परिचालन गर्र्दै राज्य प्रदत्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्नेतर्फ कटिवद्व रहने विश्वास उनले व्यक्त गरेका छन् ।

शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पीडित नागरिकहरुको उद्वार, चोरीपैठारी निकासी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा सकृयताकासाथ खटिई राजस्व बृद्धिमा योगदान पुर्याउँदै काउन्टर पार्टस् तथा राज्यका विभिन्न संवद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै अगाडि बढ्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

सो समारोहमा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी र मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।