२ कार्तिक २०८३, सोमबार

जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स’को पहिलो उपाधि

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । हिमालय टीभी एचडीबाट प्रशारण हुँदै आएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को पहिलो उपाधि जेनिश उप्रेतीले जितेका छन् ।

शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि प्रशारण हुँदै आएको यो शो को आज ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनाले अर्थात् अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् ।

उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोेमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए । विजेता जेनिश कोच टीम प्रमोदमा हुन् ।

जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए ।

यसैविच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको अडिसन मंगलबारबाट सुरु हुने जनाएको छ ।

यस्तै, ‘डान्सिङ स्टार्स अफ नेपाल’को दोश्रो सिजन पनि हिमालय टीभीबाट चाडै नै प्रशारण हुने कार्यक्रममा जानकारी दिइएको छ ।