१९ कार्तिक २०८३, बिहिबार

बन्दीपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ८ घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा भएको जीप दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते ८ जनालाई चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई बन्दीपुर अस्पतालबाट भरतपुर रेफर गरिएको हो ।

शुक्रबार राति ८ बजे घुमाउनेबाट धरमपानी आउँदै गरेको ग १ ज ६५५५ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।