२ कार्तिक २०८३, सोमबार

बालबालिकाहरूलाई भोजन र न्यानो वितरण गर्दै सुमि सँस्कृतिको भजन सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । अनाथ बालबालिकाहरूको संरक्षण संस्था नवयूवा बाल सुधार समाजको परिसरमा बालबालिकाहरूलाई मिठो मसिनो खुवाएर केहि न्यानो टोपीसमेत वितरण गर्दै भजनको भिडियो लोकार्पण गरिएको छ ।

गायक तथा संगीतकार नरहरि प्रेमीको संगीत रहेको हिन्दी भजनको म्युजिक भिडियोको निर्देशन राजकुमारले गरेका हुन् । सजिना लामिछानेको मुख्य भूमिका रहेको भिडियोमा उनलाई ज्ञानु बस्नेतले साथ दिएका छन् ।

हरेक भजनको अर्थ भनेको धर्म हो र धर्मको मुल मर्म भनेकै सत्कर्म र सेवा रहेको हुँदा यो भजनको सार्वजनिकिकरणलाई पनि सेवा कर्मसँग जोडिएको निर्देशक राज कुमार बताउँछन् । उसो त कलाकार अनि कलाकर्मको धर्म भनेको कलाकारिताको माध्यमबाट समाजलाई सुसुचित र सुसंस्कृत गराउँदै लानु हो भन्दै संगीतकार नरहरि प्रेमीले भने, ‘संगीत समाजसेवासँग जोडिनैपर्छ त्यसैले हामीले यो कार्यक्रम बालबालिकाहरुका साथ उनीहरुलाई रमाईलो गराउँदै सम्पन्न गरेका हौं ।’