८ कार्तिक २०८३, आइतबार

हत्या अभियोगमा पर्वतका गुरुङ स्याङ्जाबाट पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, २९ पुस । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा स्याङ्जाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका–१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङ छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जितेन्द्रले वालिङ नगरपालिका–१० भकुण्डे डेरा गरी बस्ने सोही नगरपालिका–१२ सिर्सिबोट घर भएकी रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ र उनकै छोरी ५ वर्षीया साईना गुरुङलाई चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साईमन गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो भने साईना गुरुङको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।