
काठमाडौं, २९ पुस । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सूर्य खड्का र गायिका सीता श्रेष्ठको स्वरमा रहेको ‘चरी बनैमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
फरक धारमा निर्माण भएको गीतमा मौलिक पनका साथै प्रेमी–प्रेमीकाबीचको प्रेमको भावलाई समेटिएको छ । सूर्य खड्काको शब्द तथा लय सृजना गीतमा छ ,
आफ्नी मायालु प्रेमीकालाई आफूले निकै मन पराएको कुरा गीतमार्फत प्रस्तुत गरिएको गायक सूर्य खड्काले बताए । दुर्गा पौडेलको छायाँकन, प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।
म्यूजिक भिडियोमा साया भण्डारी, निक शर्मा र सूर्य खड्काको अभिनय छ ।















प्रतिक्रिया