
काठमाडौं, २७ पुस । प्रहरीले छुट्टाछुट्टै स्थानमा ६ जनाको शव फेला पारेको छ ।
प्रहरीका अनुसार काभ्रेको बनेपा नगरपालिका–९ नयाँबस्तीस्थित सडकपेटीमा सोही नगरपालिका–५ डेरा गरी बस्ने रामेछाप घर भएका ४० वर्षीय काजीराम बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सुनसरीको गढी गाउँपालिका–६ मझौ बस्ने ४० वर्षीय रामलाल उराव सोही ठाउँस्थित नहरको पानीमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । गत शुक्रबार घरबाट निस्किएका उनको शव भेटिएको हो ।
सुनसरीकै ईटहरी उपमहानगरपालिका–१९ मौलिया बस्ने २४ वर्षीया सुनिता साहको पनि शव भेटिएको छ । आफ्नै कोठामा सुतेकै ठाउँमा मंगलबार उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
त्यस्तै धनुषाको सबैला नगरपालिका–९ भठियनस्थित जग्गामा पाल टाँगी बसेका भारत बेगु सराइ सागीचोक बस्ने ६७ वर्षीय महमद मोईम बन्जारा पालभित्रै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कास्कीको पोखरा महानगरपालिका–१७ सितापाईलास्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५८ वर्षीया सेती राना मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएका छन् ।
त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मगरघाट पुलबाट रंगशाला जाने सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
घटनाहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया