
मेरो पसीना मिसाइ हेर
सुन कसरी नफल्दो रहेछ ।
तीम्रो त्यागले जोडेको यो ज़मीन ।
जाग हे युवा यो देशको लागी
बिदेश कसरी नछूट्दो रहेछ
तीम्रो हिम्मतले शिंचेको माटो
सबै नेपाली उठी त हेर हिडने
यो बाटो कसरी नबंदो रहेछ ।
पौरखि हात भनेर चिनिने हौ हामी नेपाली
बीरका संतान संसारले चिनेका गोरखाली
एक भै मिलेर हेर दुश्मन कसरी नढलदो रहेछ ।
तीम्रो रगतले सिर्जेको यो भूमि
मेरो पनी रगत पसीना मिसाऊ
संवृद्धि कसरी नआऊदो रहिछ ।
मानव हौ हामी शृष्ठीका सबै
यो जाती पाती यो छुवाछूत यहाँ
मिलेर पछि हामी कसरी नहटदो रहेछ ।
तीम्रो रगतले शिंचेको भूमि
मेरो पसीना मिसाइ त हेर
धान कसरी नझुल्दो रहेछ ।















प्रतिक्रिया