
काठमाडौं, २७ पुस । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ‘तिमीलाई देखेर’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा विवादास्पद छविकी सोनिका रोकायाले बोल्ड अवतार प्रस्तुत गरेकी छिन् ।
क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।
रोमान्स गर्दागर्दै कता–कता हराएका एक जोडीको हट दृश्यहरु समेटिएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।
















प्रतिक्रिया