वीरगञ्ज, ३ वैशाख । सरकारी स्तरको १५ शैय्याको पर्साको पोखरिया अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी सबैजना मंगलबार नयाँ वर्षको वनभोज खान ठोरी गएकाले दिनभर बिरामीले उपचार पाउन सकेनन्।
अस्पतालजस्तो संवेदनशील संस्था बन्द गरेर स्वास्थ्यकर्मीसहित व्यवस्थापन समितिका अध्यक्ष अस्पतालकै बजेटमा वनभोज गएका हुन्।
घरायसी विवादमा झगडा हुँदा घाइते भएर लहाबरथकरी खेस्राहाका वीरेन्द्र ठाकुर मंगलबार उपचारका लागि पुग्दा अस्पताल बन्द थियो।
अस्पताल बन्द भएकाले ठाकुरको उपचार निजी क्लिनिकमा गराएको उनलाई अस्पताल लिएर गएको एम्बुलेन्सका चालक नसिम पटेलले बताए। ‘घाइतेलाई लिएर पुग्दा अस्पताल बन्द थियो’, पटेलले भने, ‘नजिकैको क्लिनिकमा छाडेर म फर्किएँ।’
वनभोज खान अस्पतालका मेसु ९मेडिकल सुपरिटेन्डेन्ट० देखि पियनसम्म ठोरी गएका थिए।
अस्पताल बन्द गरेर स्वास्थ्यकर्मी वनखोज गएका कारण बिरामीले सेवा नपाएर निजी क्लिनिकमा उपचार गराएको स्थानीय पसले धर्मेन्द्र चौरसियाले बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया