१० कार्तिक २०८३, मंगलबार

विद्यालय बन्द गर्ने सीसीएमसीसीको सिफारिसबारे मन्त्रालयले आज निर्णय लिँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । त्यसबारे आज निर्णय लिइने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय हुने छ ।

यद्यपि, केही विद्यालयमा हिउँदे बिदा शुरू भइसकेको छ । त्यस्तै केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।

सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।

राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न भनेको छ ।

यस्तै बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।