८ कार्तिक २०८३, आइतबार

हत्या अभियोगमा ६ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

स्याङजा, २५ पुस । ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा आँधिखोला गाउँपालिका वडा–१ बस्ने २७ वर्षीय सूर्य बन्ने भिम बहादुर सुनार, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धन बहादुर बिक, २४ वर्षीय गोबिन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामी र १८ वर्षीय किशोर रहेका छन् ।

आँधिखोला गाउँपालिका–१ कालिखर्क जंगलमा ७ जना व्यक्तिहरू अवैध भरूवा बन्दुक लिई बन कुखुरा मार्न भनि जाँदा पुस २० गते राति सोही ठाउँ बस्ने २७ वर्षीय मनोज बिकको उक्त भरूवा बन्दुकको छर्रा लागि घटनास्थलमै मृत्यु भएको घटनामा संलग्न रहेका उनीहरुमध्ये भिम, १८ वर्षीय किशोर, रेवत र धनलाई सोही दिन तथा फुननारायणभ र साजनलाई शुक्रबार रूपन्देही बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाई समेत बरामद गरेको छ ।

उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।