३ कार्तिक २०८३, मंगलबार

ओली किन जंगिए सुशीलसँग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Meets Oliकाठमाडौं, ३ चैत । संविधान जारी गर्ने समयसिमा तोक्नेरनतोक्ने बिषयलाई लिएर सत्तारुढ दल काग्रेस र एमालेबीच खटपट उत्पन्न भएको छ ।

एमालेले जेठ १५ नभए असार मसान्तसम्म संविधान जारी गर्ने गरी प्रक्रिया निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ ।

तर प्रधानमन्त्री सुशील कोइरालाले मिति तय नगरी जानुपर्ने अडानमा छन् । यही कारण गत आइतबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच चर्को भनाभन समेत भएको कान्तिपुर दैनिकले छापेको छ । त्यसपछि दुई दलका शिर्ष नेताको बैठक बसेको छैन ।

संविधान जारी गर्ने मिति तय गर्न नमान्नुको पछाडी प्रधानमन्त्रीले सरकार लम्बाउन खोजेको बुझाई एमालेको छ । संविधान जारी गर्न जति ढिलाई भयो त्यति सरकारको नेतृत्व लिने संभावना टाढिने भएकाले एमालेले मिति तय गर्नुपर्नेमा जोड दिएको हो ।