
काठमाडौं, २५ पुस। भारतमा एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ।
पछिल्लो ६ महिनापछिको ठूलो संख्या रहेको बताइएको छ। अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले संक्रमितको संख्या बृद्धि भएको हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।
भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ। कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ।















प्रतिक्रिया