२ कार्तिक २०८३, सोमबार

टीकाको संगीत तथा बिक्कीको स्वरमा ‘एकै नजरमा’ सार्वजनिक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको गीत ‘एकै नजरमा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले संगीतवद्द गरेको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।

प्रसिद्ध मन्दिर कालिञ्चोकमा छायाँकन गरिएको म्यूजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा विकाश लामिछाने र बिना राउतलाई भिडियोमा रोमान्टिक मुडमा देख्न सकिन्छ ।