९ कार्तिक २०८३, सोमबार

ट्राफिक प्रहरीद्वारा चोरिएका मोटरसाइकल धनीलाई हस्तान्तरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटास्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो ।

महाशाखाले उपत्यका र आसपासका पशुपती क्षेत्र, बौद्ध, नरेफाँट, ठीमी, सुर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्कलगायत स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

सुरक्षित स्थानमा र सुरक्षित तरिकालेमात्र मोटरसाइकलहरु राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ । यस आर्थिक वर्ष ०७८/७९ मा हराएका २२३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमासंलग्न ३२ जनालाई चोरीका मोटरसाईकलसहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ ।