९ कार्तिक २०८३, सोमबार

स्वास्थ्यमन्त्री खतिवडा र जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूबीच आज बिहीबार भेटवार्ता भएको हो । भेटमा दुई देशबीच आपसी परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाईमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्वपूर्ण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिएका छन् । जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।

मन्त्री खतिवडाले सरकारले कोभिड—१९ महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्रमुख प्राथमिकता दिएको उल्लेख गरे ।

उनले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतको महत्वपूर्ण भूमिकाको लागि आभार व्यक्त गर्दै दुई देश र जनताको पारस्परिक हितमा राजदूतसँग मिलेर काम गर्ने इच्छा समेत व्यक्त गरेका छन् ।

उनले नेपाल सरकारले आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा समेत गरेका छन् । नेपालको सामाजिक र आर्थिक विकासमा जापानको निरन्तर सहयोग, पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमहरूलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत अन्यमा महत्वपूर्ण योगदान रहेको मन्त्री खतिवडाले धारणा व्यक्त गरे ।

नेपालका लागि जापनीज राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताए ।

उनले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको जानकारी गराए ।

जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनःनिर्माणका लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागी अनुदान सहायता जस्ता कार्यक्रममा सहयोग गरेको छ ।