९ कार्तिक २०८३, सोमबार

काठमाडौं एमालेले जिल्ला अधिवेशनमा भोलि एक लाख जनता उतार्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेकपा (एमाले)का पोलिटव्यरो सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि हुने जिल्ला अधिवेशनमा एक लाख जनता उतार्ने बताएका छन् ।

काठमाडौंको मुलपानीस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने अधिवेशन उद्घाटनका क्रममा उक्त सङ्ख्यामा जनता उतार्ने काठमाडौं एमालेको तयारी छ । आज बिहीबार काठमाडौंको बानेश्वरस्थित अर्याल होटेलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले नेकपा एमाले काठमाडौं जिल्लाको छैटौ अधिवेसनमा काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दाबी गरेका हुन् ।

जिल्लाका १० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ११ वटा नगर र १३८ वटा वडाहरुबाट नेकपा एमालेलाई माया गर्ने काठमाडौंवासीहरुको सहभागिता रहने जानकारी दिँदै अध्यक्ष राईले वर्तमान सरकार पाँच दलीय गठबन्धन नभई अदालतसहित ६ दलीय गठनबन्धन रहेको भन्दै टिप्पणी गरेका छन् ।

नेकपा एमालेमा काठमाडौं जिल्लाका कुनै पनि राजनीतिक दलसँग खुल्लासभा गर्न सक्ने सामर्थ्य नदेखिएको भन्दै राईले काठमाडौं जिल्लाका ११ वटा नगर र १३८ वटा वडाहरुमा पुस २० गते जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको बजानकारी पनि पत्रकार सम्मेलनमार्फत दिए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौंका इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल, केशव स्थापित, रुपनारायण श्रेष्ठ, विद्यासुन्दर शाक्य, बिना श्रेष्ठ, सरिता न्यौपाने, शान्ति अधिकारीलगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको छ ।