
काठमाडौं, २२ पुस । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
नेपाल प्रहरीका प्रत्येक कर्मचारीहरूलाई विपद्, खोज तथा उद्धार कार्य सम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गरी दक्ष उद्धारकर्मीहरू तयार गर्ने तथा विपद् व्यवस्थापन तालिमहरूको प्रशिक्षक विकासको आधार तयार गर्ने लक्ष्य अनुरुप उक्त तालिम प्रदान गरिएको हो ।















प्रतिक्रिया