९ कार्तिक २०८३, सोमबार

उद्योगपति विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ ।

सिरहा–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् ।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने यादवले तर्क गरेका छन् ।

उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला)कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।