९ कार्तिक २०८३, सोमबार

सभापतिले सबैलाई मिलाएर जानुहुन्छ, काङ्ग्रेसमा पूर्वाग्रह राख्नुभएको छैन : यादव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरूलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् ।

राजधानीमा हिजो बुधबार भएको एक अन्तर्क्रिया कार्यक्रममा उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा व्यक्त गर्दै सो कुरा बताएका हुन् । ‘गुटको राजनीति गर्नु गलत हो । जे सुझाव दिने हो, सिधै सभापतिलाई दिनुहोस् । त्यो सुझावको सुनुवाई हुन्छ,’ उनले भने ।

पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको बताउँदै उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुई वटा केन्द्रीय कमिटीको बैठक राखनुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिस्पर्धा भएको छ ।’ कांग्रेसभित्रको लोकतान्त्रिक प्रक्रिया एशियाली मुलुकका लागि मात्रै नभइ संसारकै लोकतान्त्रिक देशलाई चूनौती भएको उनको भनाइ छ ।

उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रूपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे । उनले भने, ‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन् ।’

उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको बताए । उनले भने, ‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रीय समितिमा मनोनित गर्नुभयो । कृष्णप्रसाद सिटौलालाई पनि मनोनति गर्नुभयो । अहिलेसम्म १३ जनाको मनोनित भएको छ । यो मनोनति कुनै गुटको होइन ।’

वरिष्ठ नेता भनेको भोट ल्याएर नहुने बताउँदै उनले पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल भएकाले उनीलाई बरिष्ठ नेता मान्नुपर्ने पनि बताएका छन् । वरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्ने उनको तर्क छ ।