काठमाडौं, ३ वैशाख । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नेता सूर्यबहादुर थापाको निधन भएको छ ।
भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको हो । स्वर्गीय नेताका सुपुत्र समेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले निधनको पुष्टि गर्नुभएको छ ।
थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाउनुभएको थियो । थापा स्वास प्रस्वास सम्बन्धी समस्या भएपछि उपचारका लागि चैत १६ भारत पुग्नुभएको थियो । समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो ।
यो पनि पढ्नुस्:
कालले चुँडेर लग्यो थापालाई, ढल्यो एउटा इतिहास
















प्रतिक्रिया