९ कार्तिक २०८३, सोमबार

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताएको छ ।

मुलुकमा पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना औंल्याएको हो ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।