९ कार्तिक २०८३, सोमबार

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले माघ १२ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले ३ लाख ५० हजारसम्म खर्च पाउने जनाएको छ । मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा ७० हजार, गोष्‍ठीरअन्तर्क्रियामा एक लाखलगायत तोकिएको छ । रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जनाले उम्मदेवारी दिएका छन् ।