९ कार्तिक २०८३, सोमबार

नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्घ : राजदूत फेलिसिटी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चुनौतीपूर्ण समयपछि नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताएकी छन् ।

‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ हिजो मङ्गलबार राजधानीमा आयोजना भएको प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उनले कोरोनाको कारण बन्द बोर्डर खुला भएपछि पूर्ण रूपमा कोरोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी दिइन् ।

धेरै चुनौतीका बाबजुद अहिलेको समयमा पूर्ण खोप लगाएका र भिसा लिएका योग्य विद्यार्थीहरूलाई अष्ट्रेलियामा प्रवेश गराइँदै आएको जानकारी दिँदै उनले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्घ रहेको बताएकी छिन् ।

नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले पुस २० गते मङ्गलबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलमा शैक्षिक मेला आयोजना गरेको हो । मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरूको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरूको सहभागिता रहेको थियो ।

प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए । यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरूको सहभागिता थियो ।

मेलामा छात्रवृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइएको थियो । एक सय सहभागीहरूलाई निःशुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाई भाडा दिइने आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सहभागीहरूलाई नेपाल टेलिकमको तर्फबाट सीमकार्ड पनि प्रदान गरिएको थियो ।

मेलामा विद्यार्थीले आफूले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिएका थिए । थुप्रै उपहारहरूका साथै छत्रबृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।