
काठमाडौं, २१ पुस । चर्चित गायक राजु लामाको नयाँ गीत ‘चिसो चिसो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
लामो समयपछि गायक राजु लामाले रोमान्टिक गीत गाएर दर्शक श्रोताको मन जितेका छन् । ‘चिसो चिसो’ भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनको अफिसियल यट्युब च्यानलमा हेर्न सकिन्छ ।
निरोज लामाको संगीत अनि बिर्खा गुरुङ्को शब्द रहेको छ । चिसो चिसो म्यूजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रियारानी लामा, अशिमा बस्नेत र डीबी गुरुङको अभियन छ ।
सो म्युजिक भिडियोमा सियोन श्रेष्ठको कोरीयोग्राफी, सिनेमाटोग्राफी रुपेश थापा, भिडियो एडिट सुप्रिम पराजुली र निर्देशन रुपेश थापाको रहेको छ ।















प्रतिक्रिया