२ कार्तिक २०८३, सोमबार

आकृति खरेलले जितिन् पूर्वाञ्चल लिटिल स्टारको उपाधि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । साइमन फिल्म्स एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुती र ओजस फिल्मस प्रालीको आयोजनामा भएको ‘राठी केबल पूर्वाञ्चल लिटिल स्टार’ तेस्रो संस्करणको ताज बिर्तामोडकी आकृति खरेलले जितेकी छिन् ।

खरेलले बिजेताको ताजसँगै ५१ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै फर्स्ट रनरअप सलुजा शाह र सेकेन्ड रनरअप सगुन थापा भएकी छन् । शाह र थापा पनि बिर्तामोडकै हुन् भने सलुजाले २१ हजार नगद, ट्रफी, प्रमाणपत्र र सगुनले १५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् ।

योसँगै अफिसियल म्युजिक भिडियोमा फिचर्ड तथा आयोजक कम्पनीले निर्माण गर्ने ठूलो पर्दाको चलचित्रमा अभिनयको मौका पाउने भएका छन् । फरक र बृहत् कन्सेप्टमा प्रदेश १ मा आयोजना गरिएको बालबालिका केन्द्रित यो सौन्दर्य प्रतियोगितामा धरान, बिराटनगर र बिर्तामोडका बालबालिकाहरु सहभागी भएका थिए ।

धरान, बिराटनगर र बिर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाइनलका लागि छनोट भएका थिए । ग्राण्ड फिनाले कार्यक्रम गएको १० गते नै भएको थियो । तर, कार्यक्रम चल्दै गर्दा केही अभिभावकहरुको असन्तुष्टिपछि कार्यक्रम सम्पन्न हुन सकेको थिएन ।

कार्यक्रम रोकिएपछि अभिभावकहरुसँग आन्तरिक छलफलपश्चात् गत बिहीबार ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको आयोजक कम्पनीका प्रबन्ध निर्देशक साइमन राजबंशीले जानकारी गराए ।