२ कार्तिक २०८३, सोमबार

सुवर्णको ‘म’ मा नरेनको ‘इन्ट्री’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । पछिल्लो समयका ब्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक चलचित्रमा अनुबन्धित भएका छन् ।

सुवर्ण थापाको निर्देशनमा हिजो सोमबारदेखि काठमाडौंमा सुटिङ शुरू भएको चलचित्रमा नरेन प्रमुख भूमिकामा रहेका छन् । कान्तिपुर चलचित्र एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई बर्ष अघिनै भएको थियो ।

कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भए पनि सो चलचित्रको सुटिङ पूरा भएन । अहिले पूरै नयाँ कलाकार तथा प्राविधिकका साथमा ‘म’ को शुरूदेखिनै सुटिङ थालिएको छ ।

कान्तिपुर चलचित्र एकेडेमीका सीईयो प्रकाश पुरीको लेखन रहेको चलचित्रमा नरेनका साथमा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामीछाने, रुविना थापा, प्रमोद अग्रहरि, निराजन प्रधानलगायतको अभिनय छ । बिमला गुरागार्इँ निर्माता रहेको चलचित्रले सामाजिक कथा प्रस्तुत गर्ने जनाउ निर्देशक थापाले दिएका छन् ।

‘हमेशा’,‘परदेशी’ लगायतका सुपरहिट चलचित्रका अभिनेता नरेन पछिल्लो समय चलचित्रसँगै म्युजीक भिडियो तथा बिज्ञापनमा समेत व्यस्त छन् । हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ चलचित्रको सुटिङ सकाएका उनले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफू आशावादी रहेको बताएका छन् ।