काठमाडौं, १९ पुस । एकीकृत समाजवादी पार्टीले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
आज सोमबार बिहान सत्ता गठबन्धनमा उम्मेदवारको भागबण्डा गरेलगत्तै एकीकृत समाजवादीले आजै आफ्नो भागमा परेको पाँच जना उम्मेदवारको टुङ्गो लगाएको हो ।
जस अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहले राष्ट्रियसभामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस