९ कार्तिक २०८३, सोमबार

नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ ।

बैठक केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि निर्देशन गरिएको छ ।

शभापति शेरबहादुर देउवाले १३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेसँगै काँग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ ।

विधानमा १६८ जना केन्द्रीय सदस्य हुने भनिएकाले मनोनयन अझै बाँकी रहेको बताइएको छ । आज बस्ने केन्द्रीय समिति बैठकका एजेण्डाबारे भने केही जानकारी दिइएको छैन ।