१९ कार्तिक २०८३, बिहिबार

तालिमेलाई औषधी बेच्न दिने प्रस्तावको विरोधमा ध्यानाकर्षण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ पुस । नेपाल फार्मेसी संघले दक्ष जनशक्ति हुँदाहुँदै तालिमको भरमा औषधि बेच्न नदिने बताएका छन् ।

जनस्वास्थ्य माथि खेलवाड हुने भन्दै संघले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने बताएका छन् ।

औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ ।

नेपाल फार्मेसी संघको नेतृत्वमा गएको टोलिले शुक्रबार औषधी व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ ।

विभागको उक्त तयारी कुनै पनि हालमा पुरा हुन नदिने संघका अध्यक्ष अमृत खनालले बताए ।

उनले भने, ‘यस किसिमको प्रस्ताव बैठकमा आउनु नै खेदजनक छ। हामीले यो कुराको खण्डन गरेका छौँ । कुनै पनि पनि अवस्थामा पास हुन दिदौनौ। र, यो पास नहुनेमा ढुक्क छौँ ।’

यस किसिमको एजेण्ड पुनः उठ्न नदिने उनको भनाई छ । देशमा पर्याप्त मात्रामा जनशक्ति हुँदा हुँदै विभागले कसैको प्रभावमा आएर यस किसिमको तयारी गरेको उनीहरुको बुझाई छ । विभागले तालिम दिएर औषधि बेच्न दिने तयारी गरिरहँदा देशभरका फार्मासिस्टले यसको विरोध समेत गरिरहेका छन् ।

सात ओटै प्रदेशमा शाखा विस्तार भएको नेपाल फार्मेसी संघ फार्मासिष्ट तथा असिस्टेंट फार्मासिष्टहरूको संस्था हो ।